पोखरामा मतगणना स्थलबाट २ जना नक्कली कार्ड धारी पक्राउ

पोखरा न्यूज ।  पोखरामा नक्कली कार्ड बनाएर मतगणना स्थलमा प्रवेश गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा  पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुई मध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का एकले  नक्कली परिचय पत्र भिरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।

जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेर प्रवेश गर्ने रुपा गाउँपालिका ५ का डिल्लीराम तिवारी रहेको स्रोतले बताएको छ ।  स्रोतका अनुसार तिवारी नेकपा एमालेका कार्यकर्ता हुन् ।

पक्राउ परेका उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

बिहीबार पनि नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका एक व्यक्तिलाई एक छिन नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरी पठाइएको मतगणना स्थलको सुरक्षार्थ खटिएका एक प्रहरीले पोखरा न्यूजलाई बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button