मतगणना नसकिँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा ।  पोखरा महानगरपालिकाको करिब ५ हजार मत गणना नसकिँदै मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको विजयको टुङ्गो लागिसकेको छ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा आचार्यले ५६ हजार ४७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका ५१ हजार १८५  मत प्राप्त गरेका कारण आचार्यले स्वतः जित निकालिसक्नु भएको छ । महानगरमा कुल  ५ हजार १५ मत गणना गर्न बाँकी हुँदा मेयरमा आचार्य ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि हुनुहुन्छ ।

यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ५७९ मत प्राप्त गर्दा लौरो चिन्हबाट चुनाव लड्नुभएका स्वतन्त्र उम्मेदवार खडकराज (गनेस) पौडेलले २ हजार ९८६ मत प्राप्त गर्नुभएको छ  ।

उपमेयरमा नेकपा एमालेकी  मञ्जुदेवी गुरुङ विजयको नजिक हुनुहुन्छ  ।  उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस की कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै गुरुङ विजय नजिक पुग्नुभएको हो । गुरुङले ५८ हजार ५८२ मत प्राप्त गर्दा रानाभाटले  ५४ हजार ५ सय ४७ मत प्राप्त गर्नुभयो । उपमेयर पदमा राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ५ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

दुई लाख सात हजार ७१२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २८ मत खसेकोमा हालसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।

पोखरा महानगरका ३३ वटा वडा मध्ये गणना गर्न बाँकी रहेका वडा नम्बर २२, ३२ र ३३ को मत गणना अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button