दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

पोखरा । बेपत्ता तारा एयरको कल साइन ‘९ एन–एइटी’ को विमान दुर्घटना भएको स्थल फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयो  ।

‘भीरमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ’, उहाँले  हाम्रा प्रतिनिधिसंग भन्नुभयो । जहाज ल्याङखु खोलाको शिरान नजिकैको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा  फेला परेको हो ।

पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

२२ जना यात्रु सवार  विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button