विमान दुर्घटना: २१ शव भेटियो, १० वटा काठमाडौं लगियो

पोखरा, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।

खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button