सिलिण्डर पड्किदा तनहुँमा १२ वर्षीया बालिकाको मृत्यु

पोखरा न्यूज । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा  एक बालिकाको ज्यान गएको छ ।

गएराति भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्रीको ग्यास पड्किदा मृत्यु भएको हो ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button