यात्रुवाहक बस पल्टिदा ९ जनाको मृत्यु, २५ घाइते

पोखरा न्यूज । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यात्रुमध्ये ४ जनाको भिम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा र ६ जना महिलासहित ३४ जना सवार थिए ।

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रु वाहक बस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियोे । सवार यात्रुमध्ये घाइते चालक, सहचालकसहित सबैको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । ‘पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो’, चालक क्षेत्रीले भने ।

लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घाेप्टाे अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गर्दैै यात्रुहरुलाई अस्पताल पठाएको छ । बसलाई सुल्टो पारेर राखिएकाे छ ।

मृतक मध्ये ओमसतिया–४ का अन्दाजी ६० वर्षिय राजेन्द्र्र पाण्डे, बुटवल ११ का ४५ वर्षिय कृष्ण बस्याल र तिलोत्तमा योगिकुटीका ५६ वर्षिय निष्णु पौडेलेको मात्रै सनाखत भएको छ । मृतकको पहिचान बारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त छ ।

दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button