पोखराको बजारमा १८ वर्षदेखि सुजलको सफल दही

पोखरा । सुजल डेरीको उत्पादन ‘सफल दही’ विगत १८ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा लोकप्रिय छ ।

पछिल्लो समय ‘सफल दही, एकदम सहि’ भन्ने नाराका साथ बजारमा आक्रामक रूपमा लगिएको यो दही गाई तथा भैँसीको दूधलाई उच्च कोटिको प्रविधिद्वारा प्रोसेसिङ गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायादार दही हो । खाँदा मिठो र स्वास्थ्यको लागि फाइदाजनक रहेको कारण उपभोक्ताले  परिवारको नियमित खानामा सफल दही प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ ।

सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिकादेखि युवा, वयस्क र वृद्ध वृद्धालाई समेत गुणकारी भएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार  यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउनका साथै  प्रोटिनले शारीरिक तन्दुरुस्ती ल्याउँछ भने भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर-घरका गृहिणीहरूका लागि सन्तुलित भोजनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यस्तो समयमा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारको लागि पोषण युक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो क्याम्पेन ल्याइएको कम्पनीले प्रस्ट पारेको छ ।

विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्येको एक दही हाम्रो समाजको अभिन्न अङ्गको रूपमा रही आएको छ ।

आइएसओ २२०००:२०१८ मापदण्ड प्राप्त यो कम्पनीले आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै आइरहेको  छ।  बदलिएको परिवेशमा आधुनिक परिवारको आवश्यकतालाई हेरी दहीलाई नियमित भान्साको अभिन्न अङ्ग बनाउने र परिवारलाई चाहिने सन्तुलित आहार तयार गर्न सजिलो हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको  छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button