पोखरामा करेन्ट लागेर एक पुरुषको मृत्यु

पोखरा । पोखरामा करेन्ट लागेर एक पुरुषको  ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनका ४७ वर्षीय भक्तबहादुर पोखरेलको शुक्रबार बिहान करेन्ट लाग्दा मृत्यु भएको हो ।

कास्की प्रहरीका बिहान करिव साढे ८ बजेको समयमा विद्युत मर्मतको लागि बिजुलीको खम्बामा चढेका पोखरेललाई  करेन्ट लागेर घाइते  भइ  उपचारको लागि जीएमसी कलेजमा लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका हुन् ।

पोखरेलको शवलाई पोष्टर्माटमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button