डेंगु रोगको संक्रमण पुष्टि भएका रामचन्द्रको उपचारका क्रममा मृत्यु

पोखरा ।  डेंगु रोगको संक्रमण भइ उपचाररत एक बिरामीको धादिङमा ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button