पोखरामा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

पोखरा, ४ असार । स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ ।
तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।
उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए ।
उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button