पोखरामा खोलाले बगाउँदा एकको मृत्यु

पोखरा । पोखरा महानगरपालिका २२ मा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

गए राति फुर्से खोलाले बगाउँदा पोखरा २२ का  ५० वर्षीय टेक नाथ बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बरालको शव  शनिबार बिहान ७ बजे पोखरा -२२ पिपलडाली स्थित खेतको बिचमा भेटिएको बैदाम प्रहरी प्रमुख, डिएसपी युवराज भण्डारीले बताए ।

मृतकको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button