आजको मौसम : गण्डकी, सुदूरपश्चिम र लुम्बिनीमा साँझपख वर्षाको सम्भावना

आज देशभर हल्का बदली रही साँझपख गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आँकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।

आज पोखराको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस र न्युनतम तापक्रम २० डिग्री सेल्सियस रहनेछ भने साँझपख छिटपुट वर्षा र मेघगर्जनको सम्भावना रहेको छ । पोखरामा आज बिहानै देखि पारिलो घाम लागेको छ भने हिमालहरु खुलेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button