दुबईमा भरतलाई ३५ करोडको चिट्ठा, केशरलाई सुनको बार

युनाइटेड अरब इमिरेट्सको दुबईमा नेपालका दुई युवाको भाग्योदय भएको छ ।

गुल्मीका ३१ वर्षीयले भरत विकले असोज १ गते १० मिलियन डिर्हामको चिट्ठा जित्दा अर्का नेपाली केशर बहादुर कार्कीले भदौ २२ गते आधा किलोको सुनको बार जितेका छन् । भरतले दुबईको प्रख्यात महजुज ड्रमार्फत पुरस्कार जित्दा केशरले अल अन्सारी एक्सचेञ्जको रिफर अफर अन्तर्गत पुरस्कार जितेका हुन् ।

३ वर्ष अघि दुबई पुगेका भरत गाडी धुने काम गर्दै आएका थिए । पुरस्कार जितेपछि उनले आफू यसपालि दशैंमा घर फर्कने बताए । जितको रकम आफ्नो परिवार र भारतको नयाँ दिल्लीमा ब्रेन ट्युमरको उपचार गराइरहेका भाईका लागि खर्छ गर्ने विकको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button