
हेटौंडामा पौडी खेल्न जाँदा बेपत्ता भएका तीन जना बालकको शव फेला परेको छ ।
मृत्यु हुनेमा १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेको प्रहरी जनाएको छ । उनीहरु शुक्रबार हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएकोमा एक जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा–१५, फायरलाइनबाट पौडी खेल्न गएका थिए ।





