आजको मौसम : पोखरामा सामान्य वर्षाको सम्भावना

आज पोखराको मौसम प्रायजसो सफा रहे पनि अपरान्हपख सामान्य वर्षाको सम्भावना रहेको छ ।

आज पोखराको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस र न्युनतम तापक्रम १९ डिग्री सेल्सियसका बीच रहनेछ । त्यस्तै मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको तीन दिने बुलेटिनमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button