मुस्ताङमा पनि डेङ्गी संक्रमित फेला, अब ७७ जिल्लामै डेङ्गी पुष्टि

मुस्ताङमा पनि डेङ्गी संक्रमण पुष्टि भएसँगै अब देशका ७७ जिल्ला मै डेङ्गी फेला परेको छ ।

मुस्ताङमा स्पेनबाट आएका एक विदेशी पर्यटकमा डेङ्गी संक्रमण पुष्टि भएको हो । यससँगै देशभर डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार ५ सय ६९ पुगेको छ । डेङ्गीबाट ३६ जनाको मृत्यु पनि भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार हालसम्म बाग्मती प्रदेशमा २१ हजार ५ सय ८९, लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेस प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेङ्गी संक्रमित पुष्टि भएको छ ।

काठमाडौँ जिल्लामा सर्वाधिक ९ हजार ४ सय ९६ जनामा संक्रमण देखिएको छ । त्यसपछि ललितपुर, मकवानपुर, दाङ र भक्तपुरमा बढी संक्रमित पुष्टि भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button