पृथ्वी राजमार्ग र भुपि शेरचन राजमार्गमा टाइमकार्ड लागू, हेर्नुहोस् कति समय लगाएर पार गर्नुपर्छ यी दुरी

पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्गको मजुवादेखि औद्योगिक क्षेत्र र भुपि शेरचन राजमार्गको जौवारीदेखि डिमुवासम्मको सडकखण्डमा टाइमकार्ड लागू गरिएको छ ।

चाडपर्व सुरक्षा योजनाअन्तर्गत चाडपर्वमा सार्वजनिक सवारी चालकहरुले एक अर्कामा प्रतिस्पर्धा गरी तीब्र गतिमा सवारी चलाउने कार्य रोकथाम एवम् न्युनीकरण गर्न टाइमकार्ड लागू गरिएको ट्राफिक प्रहरी कास्कीले जनाएको छ ।

सवारी दुर्घटना न्युनीकरण गर्नको लागि पृथ्वी राजमार्गको मजुवादेखि औद्योगिक क्षेत्रसम्म र भुपिशेरचन राजमार्ग सडकखण्डको जौबारी देखी डिमुवा सम्मको सडकखण्डमा चल्ने सार्वजनिक भाडाका सवारी साधनहरुको लागी टाइम कार्ड लागु गरिएको हो ।

टाइमकार्ड लागू भएसँगै अब जौबारीदेखि डिमुवासम्मको ४५ किलोमिटर दुरी पार गर्न कम्तिमा १ घन्टा २० मिनेटको समय लगाउनु पर्ने हुनेछ । त्यस्तै बेनीदेखि डिमुवासम्म १ घन्टा ४० मिनेट, बाग्लुङदेखि डिमुवासम्मको २५ किलोमिटरलाई ५५ मिनेट र कुश्मादेखि डिमुवासम्मको १० किलोमिटर दुरी पार्न गर्न २५ मिनेटको समय निर्धारण गरिएको छ ।

ट्राफिक प्रहरीले ती स्थानमा प्रवेश गर्दा टाइम कार्ड देखाई इन्ट्री गर्नुपर्ने र चेकपोइण्टमा अनिवार्य टाइम कार्ड देखाउनु पर्ने जनाएको छ । टाइम कार्ड नदेखाई भागेमा वा उक्त दुरी तोकिएको समयभन्दा छिटो आउनेजाने गरेमा जरिवाना लाग्ने पनि प्रहरीले उल्लेख गरेको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button