बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजको आइसियुमा तोडफोड

बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले चितवन मेडिकल कलेज (सिएमसी) को सघन उपचार कक्षमा तोडफोड गरेका छन् ।

भरतपुर-१३ का रमेश कुँवरको उपचारको क्रममा मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै अस्पतालको आइसियुमा बिरामीका आफन्तले तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि जनाइएको छ ।

घटनामा लाखौंको क्षति भएको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button