देशका पश्चिमी प्रदेशमा वर्षाको सम्भावना, गण्डकीमा आंशिक बदली

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । पोखरा बिहान घाम लागे पनि बिस्तारै बदली भएको छ ।

महाशाखाका अनुसार गत २४ घण्टामा डडेलधुरामा ८८, दिपायलमा ६२, धनगढीमा ४८ र वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा मापन गरिएको छ । आज पोखराको न्यूनतम २१ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button