नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल आजदेखि, उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम भिड्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ ।

बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्ने भएका छन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाइने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सात प्रदेशसहित नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बाँनियाले जानकारी दिए । समुह १ र २ मा तीन-तीन तथा समुह ३ र ४ मा २-२ वटा टिम रहेका छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन् ।

महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन् । तेक्वान्दो खेलका लागि ११ टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापक छ सय १७ जना म्याग्दीमा आउदैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button