
पोखराको माझिकुनामा डुङ्गा पल्टिँदा एक पुरुष बेपत्ता भएका छन् ।
पोखराको बेगनास तालमा डुङ्गा लिएर सयर गर्न गएका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । पोखरा-१३ बाझापाटन घर भएका गुरुङ माझिकुनाको एक स्थानीय होटलबाट आफै कायकिङ डुङ्गा लिएर तालमा घुम्न गएका थिए । उनीसँगै एक महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेपछि खोजतलासको कार्य शुरु गरिएको थियो ।
करिब साढे ४ बजेतिर डुबेका गुरुङको खोजतलास जारी रहेको जनाइएको छ ।





