राष्ट्रिय खेलकुद : टेनिसमा गण्डकी प्रदेश फाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा आयोजक गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

नेपालको शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय टोली नेपाली सेनाले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाउन सफल भए ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिङ्गल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गरे । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुस्मान घलेबीचको खेलमा ६–१,६–० सेटमा शाही विजयी भए ।

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल श्रीयोगको जोडीमाथि ४–१,४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी पुरुष सिङ्गलको अर्को खेलमा पुलिसका आर्यन गरीले आर्मीका अकी रावतलाई ६–२,६–४ को सेटमा पराजित गरे । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३,६–१ को सेटमा खनाल विजयी भए ।

पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२,७–६ को सटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्पर्धामा आर्मीका इरा रावत र अभिलासा विष्ट विजयी भए । उनीहरुले क्रमशः पुलिसकी प्रशंसा मोक्तान र पुलिसकै इसा डोल्लकर गुरुङलाई पराजित गरे ।

महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गरे । महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजयी भए । डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजविर प्रधानले एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वाटर फाइनलमा प्रवेश गरे । पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी महिला डबल्सतर्फ एपिएफका सुनी र सर्भानीको जोडी तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ । मिक्स डबल्सतर्फ गण्डकीका सौगात विक र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वाटर फाइनलमा प्रवेश गरेको नेपाल टेनिस संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button