एपीएफ महिला भलिबलको सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत म्याग्दीको सदूरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोागितामा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

भलिबलप्रेमी दर्शकको भिडबीच उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । खेलमा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी भएकी छन् ।

क्वाटरफाइनलको दोस्रो खेल खुलामञ्चमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । त्यस्तै दिउँसो १ बजे आर्मी र पुलिस तथा ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल कात्तिक १ गते मंगलबार हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button