सुजल डेरीको “मीठो स्वाद जिन्दगीको” अभियान सार्वजनिक, सफल घ्यु अब नयाँ प्याकमा

सुजल डेरीले “मीठो स्वाद जिन्दगीको” अभियान सार्वजनिक गर्दै आफ्नो सफल उत्पादन सफल घ्युलाई नयाँ प्याकमा बजारमा ल्याएको छ ।

घ्यूको मिठास युक्त स्वादिलो परिकार मार्फत घरपरिवारलाई एकसाथ ल्याउने उद्देश्यले “मीठो स्वाद जिन्दगीको” नामक नयाँ अभियान सार्वजनिक गरेको कम्पनीले बताएको छ । घ्यूको गुण र शुद्धतालाई अझै बढी राम्रो बनाउँदै नेपाली परिवारको आजको आवश्यकतासँग जोड्ने उद्देश्यले सफल घ्युको नयाँ प्याकले उक्त उत्पादनलाई अझ बढी आकर्षक बनाएको पनि कम्पनीले उल्लेख गरेको छ ।

नयाँ प्याकमा घ्यूको गुणस्तर लामो समय कायम गर्दै, स्वादमा ताजापन राख्नका लागि सात लेयर प्याकेजिङका साथै उत्पादनलाई थप आकर्षक बनाउनका लागि तीन लेयर लेमिनेसन पनि गरिएको छ भने त्यस्तै नयाँ प्याकको ग्लस्सी फिनिस र गोल्डेन प्याटर्नले उत्पादनलाई थप प्रिमियम बनाएको कम्पनीको भनाई छ ।

कम्पनीले मीठो स्वाद जिन्दगीको मार्फत आजको व्यस्त जीवन शैली बीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास राखेको छ । सफल घ्यूको स्वाद र सुगन्धले सबै जसो परिकारमा स्वाद बढाउने हुनाले सन्तुलित र पोषण युक्त परिकार मार्फत ग्राहकहरु थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्ने कम्पनीले विश्वास लिएको जनाइएको छ ।

सुजल डेरीको उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैँसीको शुद्ध मक्खनलाई खारेर सफल घ्युको उत्पादन गरिएको हुनाले उक्त उत्पादन स्वास्थ्यको लागि फाइदाजनक रहेको कम्पनी बताएको छ ।

घ्यू आफैमा शक्ति दायक भएकोले चिल्लो पदार्थको सर्वोत्तम विकल्प मानिन्छ। मात्र एक ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ। घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ। साथै चिल्लो प्रति सजग रहने व्यक्तिहरूको लागि पनि घ्यूमा बनेको परिवार फाइदाजनक रहन्छ।

आफ्ना विभिन्न उत्पादनहरूमार्फत नेपाली भान्सामा परिचित ब्रान्ड सुजल डेरीले आइएसओ २२०००:२०१८ मापदण्ड प्राप्त गरेको छ । बदलिएको परिवेशमा घ्यूलाई नियमित भान्साको अभिन्न अङ्ग बनाई सम्पूर्ण परिवारलाई सन्तुलित आहार मार्फत जोड्नेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button