बढ्दो महङ्गीबीच तलब नबढ्दा बेलायतका नर्स आन्दोलित

दोहोरो अङ्कको मुद्रास्फीतिसँग कायम रहन तलब वृद्धि उल्लेख्य नभएको भन्दै बेलायतका नर्सले आन्दोलन गर्ने भएका छन् ।

शनिबार त्यहाँको रोयल कलेज अफ नर्सिङले आन्दोलनमा जाने घोषणा गरेको हो । बेलायतमा बढ्दो आर्थिक संकट र राजनीतिक अस्थीरताबीच थुप्रै श्रमिक संगठनहरु आन्दोलनमा उत्रिएका छन् । करिब ३ लाख नर्स रहेको बेलायतमा नर्सिङ समुदाय काम छोडेर आन्दोलनमा उत्रँदा भर्खरै चुनिएका ऋषि सुनकको प्रधानमन्त्री कार्यकाल थप चुनौतीपूर्ण बन्ने भएको छ ।

यस अघि रेल्वेका कामदार आन्दोलनमा गइसकेका छन् भने विद्यालयका कर्मचारीले पनि आन्दोलन समर्थन गर्दै आफ्नो संगठनमा भोट दिएका छन् । नर्सहरुले क्रिशमस अघि नै आन्दोलन गर्ने बताएका छन् । रोयल कलेज अफ नर्सिङको इतिहासमा काम नै छाडेर आन्दोलनमा सहभागी भएको यो पहिलो घटना हुनेछ ।

रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै युरोपले रसियालाई आर्थिक प्रतिबन्ध लगाएको थियो जसको प्रतिउत्तरमा रसियाले युरोप जाने पेट्रोलियम पदार्थ र ग्यासमा भारी कटौती गरेपछि हाल समग्र युरोपमा नै उर्जा संकट उत्पन्न भएको छ । हिउँद नजिकिँदै जाँदा उर्जाको थप माग बढ्ने हुँदा ग्यासलगायत पेट्रोलियम पदार्थमा थप मुल्यवृद्धि भई युरोपको अर्थव्यवस्थामा अझ प्रतिकुल असर पुग्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button