गठबन्धनको प्रतिबद्धता : माध्यमिक तहमै पर्यटन विषयको पाठ्यक्रम

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखराको पर्यटनलाई बढावा दिन माध्यमिक तहमै पाठ्यक्रम बनाउन पहल पर्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न माध्यमिक तहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहल गर्नुपर्ने उम्मेदवारहरुले बताएका हुन् । यसका लागि सार्वजनिक र सामुदायिक विद्यालयसँग सहकार्य गर्ने तथा सूचना, सञ्चार तथा प्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न महानगरीय आईसिटी एकेडेमी स्थापना गर्न महानगरसँग सहकार्य गर्ने प्रतिबद्धता पनि उम्मेदवारहरुले जनाएका छन् ।

उम्मेदवारहरुले शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमा लाईब्रेरी स्थापनाका लागि पहल गर्ने पनि बताएका छन् । गठबन्धनद्वारा जारी प्रतिबद्धता पत्रमा विद्यार्थीका लागि आत्मनिर्भर बन्नका लागि सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकका रुपमा विकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकता अनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचना प्रविधि सम्बन्धी प्राविधिक तथा व्यावसायिक महाविद्यालयको रुपमा विकास गरिने पनि बताइएको छ ।

गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button