विश्वकप फुटबलमा साउदी अरबसँग अर्जेन्टिना स्तब्ध

अर्जेन्टिनालाई २-१ गोलअन्तरले स्तब्ध पार्दै साउदी अरबले विश्वकप फुटबलमा विजयी शुरुआत गरेको छ ।

आज कतारको लुसेल आइकनिक फुटबल मैदानमा भएको खेलमा प्रारम्भिक अग्रता भने अर्जेन्टिनाले लियो । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पनि निरन्तर आक्रमण बुनेको अर्जेन्टिनाले पहिलो हाफमै थप ३ गोल गरेकोमा सबै गोल अफसाइड मान्य भएका थिए ।

दोस्रो हाफमा छुट्टै रङ्गमा उत्रेको साउदी अरबले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफको ४८ औं सालेह अल सेहरीको गोलमार्फत खेल १-१ को बराबरीमा ल्याउन सफल भयो । त्यसको ५ मिनेट नबित्दै खेलको ५३ औं मिनेटमा सालेम अल दसरीले साउदीका लागि दोस्रो गोल गरे र टोलीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि तीन खेलाडी परिवर्तन गर्दै खेलमा उत्रेको अर्जेन्टिनाले लगातार प्रयास गरेपनि गोल गर्न असफल रह्यो र अनन्त खेलमा ऐतिहासिक हार बेहोर्न बाध्य भयो । यस अघि ३६ अन्तर्राष्ट्रिय खेलसम्म अपराजित रहेको अर्जेन्टिना ३७ औं खेलमा सहज मानिएको प्रतिद्वन्दीसँग स्तब्ध हुन पुग्यो ।

अब लिगचरणको दोस्रो खेलमा अर्जेन्टिनाले शुक्रबार मेक्सिको सामना गर्नेछ भने विजेता साउदी अरबले शनिबार पोल्यान्डसँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button