विश्वकप फुटबलमा जापानले जर्मनीलाई हरायो

जर्मनीलाई २-१ गोलअन्तरले स्तब्ध पार्दै जापानले विश्वकप फुटबलमा विजयी शुरुआत गरेको छ ।

आज कतारको खलिफा अन्तर्राष्ट्रिय फुटबल मैदानमा भएको खेलमा प्रारम्भिक अग्रता भने जर्मनीले लियो । इल्के गुन्डोगानले खेलको ३२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । गुन्डोगानको एक प्रहार बारमा लागेर फर्कदा र ४८ औँ मिनेटमा काइ हाभेर्ट्जले गरेको गोल अफसाइड मान्य हुँदा जर्मनीले अग्रता दोब्बर पार्न सकेन । पहिलो हाफमा जर्मनीको बल माथि नियन्त्रण ८० प्रतिशत भन्दा बढी रहेको थियो ।

खेलको दोस्रो हाफमा कथा भने छुट्टै रह्यो । ७३ औं मिनेटमा जर्मन गोलरक्षक म्यानुअल नुअरले उत्कृष्ट बचाउ गर्दै जापानलाई गोल गर्न रोकेपनि त्यसको दुई मिनेट पछि नै मिनामिनुको पासमा रित्सु दोआनको गोलमार्फत जापानले खेल १-१ को बराबरीमा ल्याउन सफल भयो । त्यसको ७ मिनेट नबित्दै खेलको ८२ औं मिनेटमा असानोले जापानका लागि दोस्रो गोल गरे र टोलीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको नियमित समय र थपिएको ८ मिनेटको इञ्जुरी समयमा जर्मनीले गोल गर्न सकेन र अनन्त खेलमा ऐतिहासिक हार बेहोर्न बाध्य भयो । यसअघि विश्वकपको आफ्नो पहिलो खेलमा अर्को प्रमुख दाबेदार अर्जेन्टिना साउदी अरबसँग स्तब्ध हुन पुगेको थियो ।

अब जर्मनीले लिगचरणको जित्नै पर्ने दोस्रो खेलमा आइतबार बलियो प्रतिस्पर्धी स्पेनको सामना गर्नेछ भने विजेता जापानले कोस्टारिकासँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button