पोखरा सडक महोत्सवको पुर्वार्द्धमा धम्पुससम्म हाइकिङ

रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागी भएका थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन बेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरेका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुस १३ देखि १७ गते सम्म पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ । यसैको २४ औँ संस्करणको प्रबर्द्धनमा लागि हाइकिङ कार्यक्रम गरिएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोभिडका कारण पछिल्ला दुई संस्करणहरु पाँच दिन सम्म सञ्चालन गर्न नसकिएपनि अब भने पर्यटन उत्थानका लागि पुनःपाँच दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाई छ ।

लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सव देशकै पृथक महोत्सव हो । झण्डै ५ लाख जति आन्तरिक तथा बाह्य पर्यटकले यो महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । ‘फुड, म्युजिक, कल्चर’ नारा सहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्याण्डहरुको लाइभ प्रस्तुति पनि पस्किने आयोजकको तयारी छ ।

अन्तर्राष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका सांस्कृतीक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुङ्गा दौड, वेटर रेस, टग अफ वार लगायतका कार्यक्रमहरु आकर्षणका रुपमा रहने भट्टराईले जनाए । महोत्सवको शुरुवाती कार्यक्रममा खहरेबाट विभिन्न समुहको साँस्कृतिक झाँकी निस्कनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button