गण्डकी प्रदेश सभा सदस्यहरुले आज शपथ लिँदै

गण्डकी प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अन्य सदस्यलाई शपथ ग्रहण गराउने छन् ।

नेकपा एमालेका ६५ वर्षीय बस्यालले हिजो नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ ग्रहण गरिसकेका छन् । उनी पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । गण्डकी प्रदेश सभामा काङ्ग्रेसले २७, नेकपा एमालेले २२, नेकपा माओवादी केन्द्रले ८, राप्रपाले २ र एकीकृत समाजवादीले एक सिट जितेका छन् । कुल ६० सिट रहेको गण्डकी प्रदेश सभाको पुस १८ गते अधिवेशन आह्वान गरिएको छ ।

केन्द्रमा भएको सहमति अनुसार गण्डकी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने उच्च सम्भावना रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button