काठमाडौँमा गुडिरहेको टेम्पोमा आगलागी

काठमाडौँमा गुडिरहेको टेम्पोमा एक्कासी आगलागी भएको छ । पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्दै आएको बा १ ह ३९६७ नम्बरको टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो ।

आगलागीले टेम्पोमा क्षति भए पनि टेम्पोमा चालक मात्रै भएकाले कुनै मानवीय क्षति नभएको जनाइएको छ । टेम्पो चालकले र स्थानीयको प्रयासले आगो निभाउन नसके पछि दमकललाई नै बोलाउन परेको थियो । टेम्पो भित्रकै तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button