रवि लामिछानेले स्टन्ट देखाएको सम्भव सिरोहियाको आरोप

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव स्वर सिरोहियाले नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले स्टन्ट देखाएको आरोप लगाएका छन् ।

सिरोहियाले लामो फेसबुक स्टाटसमा खुला पत्र लेख्दै लामिछानेले राजनीतिक चालबाजी र झुटो आरोपमार्फत सनसनी फैलाउन खोजेको आरोप लगाएका हुन् । उनले लगाएका आरोप निराधार भएको बताउँदै लामिछानेले सम्पुर्ण मिडियालाई नै खलनायक बनाउन प्रयत्न गरेको पनि लेखेका छन् । लामिछानेले कराउने, औंला उठाउने, अरुलाई दोष लगाउने जस्ता काम गरेर सर्वसाधारणलाई झुक्याउने र आक्रोश पैदा गरेर त्यसको फाइदा उठाउने रणनीति अपनाउन लागेको पनि सिरोहियाले आरोप लगाएका छन् ।

सिरोहियाले आरोप पुष्टि नभएसम्म जोकोही निर्दोष रहने उल्लेख गर्दै लामिछानेलाई दोषी देखाउने आफू, मिडिया वा विपक्षी राजनीतिक दल नभई सर्वोच्च अदालत रहेको पनि बताएका छन् । आफ्नो गल्तीको दोषी उनी स्वयम् आफू मात्र रहेको बताउँदै त्यसलाई स्वीकार गर्दै आगामी केश कानुनमा बाधिँएर लडेको हेर्ने चाहेको पनि सिरोहियाले लेखेका छन् ।

२०१५ मा भएको कार दुर्घटना लामिछानेले दाबी गरे झै हिट एन्ड रन नभएको र कार अनियन्त्रित भई पोलमा ठोक्किएको पनि सिरोहियाले लेखेका छन् । उक्त घटना नेपाल ट्राफिक बग्गीखानामा दर्ता भएको उल्लेख गर्दै ट्राफिकमा गएर हेर्न समेत लामिछानेलाई उनले सल्लाह दिएका छन् । लामिछाने लगाएका चन्द्रागिरी हिल्सदेखि गोल्डेन सेयरका सबै आरोप निराधार रहेको बताउँदै सिरोहियाले हिमालयन रिइन्स्योरेन्समा आफ्नो लगानी रहेको र उक्त लगानी कुमारी बैंक र इन्भेस्टमेन्ट बैंकको मुद्दती खाताबाट भएको पनि लेखेका छन् ।

रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न अनुरोध गरेको उल्लेख गर्दै सिरोहियाले आफूले उक्त अफर अस्वीकार गरेको पनि उनले लेखेका छन् । केही दिन अघि रास्वपाका लामिछानेले कान्तिपुर मिडिया ग्रुपलगायत विभिन्न मिडियालाई विभिन्न आरोप लगाउँदै पत्रकार सम्मेलन नै आयोजना गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button