कृषि मन्त्रालयले लगायो गुलाफको फूल आयातमा प्रतिबन्ध

कृषि तथा पशुपन्छी मन्त्रालयले प्रणय दिवसलाई लक्षित गर्दै गुलाफको फूल आयातमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हिजो एक सूचना नै जारी गर्दै आयात प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । अर्को सूचना नआएसम्म नै भनेर लगाइएको प्रतिबन्धमा काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलङ्गवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गडडाचौकी, लोमान्थाङ, बैतडी गरि पूर्वदेखि पश्चिमसम्म कै नाकाहरुलाई निर्देशन दिइएको छ ।

केन्द्रले वनस्पतिजन्य रोगको जोखिमका कारण आयातमा तत्कालका लागि रोकिएको जनाए पनि सरकारले यसलाई अत्यावश्यक आयातका रुपमा निरुत्साहित गर्न खोजेको अनुमान गरिएको छ । पुस मसान्तसम्म नेपालमा १३ लाख बढीको गुलाफको फूल आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button