तनहुँमा बसको ठक्करबाट एकजनाको मृत्यु

तनहुँमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा ग १ ख ६३०७ नम्बरको बसको ठक्करबाट स्थानीय मिनबहादुर विकको मृत्यु भएको हो । ४० वर्षीय विकलाई बाटोमा हिँड्दै गरेका अवस्थामा बसले ठक्कर दिएको थियो । घाइते विकलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउने क्रममा मृत्यु भएको हो ।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button