पेनाल्टी रोके, खुशियाली मनाउने क्रममा ढलेर मृत्यु

बेल्जियन गोलकिपर अर्नी इस्पेलको खेल मैदानमै मृत्यु भएको छ ।

शनिबार बेल्जियमको दोस्रो प्रान्तीय डिभिजनमा विन्केल बीबाट खेल्ने इस्पेलको खेल चलिरहँदा नै मृत्यु भएको हो । खेलमा विन्केल बी २-१ गोल अन्तरले अगाडि रहँदा विपक्षी वेस्ट्रोजिबिकीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा पाएको बराबरीको मौकामा इस्पेलले पेनाल्टी बचाउ गर्दै टोलीको अग्रता कायम राखेका थिए ।

तर पेनाल्टी रोकेको खुशी मनाउने क्रममै उनी अचानक ढलेका थिए । इस्पेल ढलेपछि मैदान मै आकस्मिक सेवा बोलाइएको थियो । डिफिब्रीलेटरको सहायतामा उनको उपचार गर्ने प्रयास गरिएपनि उनलाई केही छिनमै मृत घोषित गरिएको थियो ।

उनको मृत्युको कारण पत्ता लगाउन सोमबार राति पोस्टमार्टम गरिने भनिएपनि हालसम्म त्यसको रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button