स्याङ्जामा ट्याक्टर दुर्घटना : १४ वर्षीय सहचालक बालकसहित दुईको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय सहचालक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक ३२ वर्षीय नवीन सुनार र सहचालकको १४ वर्षीय सोबिन विकको मृत्यु भएको हो । ग १ त ६८८६ नम्बरको ट्याक्टरका ढुङ्गा लिएर आइरहेको ट्याक्टर अनियन्त्रित भइ १५ मिटर तल खसेको थियो ।

हिजो बेलुका करिब ८ बजेतिर भएको घटनामा घाइते भएका दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारको क्रममा चालक सुनारको हिजै राति साढे ९ बजे मृत्यु भएको थियो भने सोबिन विकलाई पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको थियो । विकको पनि उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button