तालचोक-बेगनास सडकको क्षेत्राधिकार भित्रका संरचना १५ दिन भित्र हटाउनु पर्ने

पोखरा, ०८ फागुन । पोखरा महानगरले तालचोक-बेगनास सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना १५ दिन भित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै स्तरोन्नति हुन गइरहेको  वडा नं. २७, ३० र ३१ मा पर्ने सडक खण्डका संरचना हटाउन भनेको हो ।

सूचना अनुसार उक्त सडकको क्षेत्राधिकार (भइरहेको सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिट) भित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती साथै व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामाग्रीहरू १५ दिन भित्र हटाउनु पर्नेछ ।

निकै लामो समयदेखि सोही आयोजना देखाउँदै उक्त सडकमा मर्मत सम्भारसमेत भएको छैन ।

तालचोक-बेगनास ताल सडक खण्ड विश्व बैङ्कको आर्थिक सहयोगमा बन्न लागेको नमुना सडक आयोजना हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button