संगम कपमा आज क्वाटरफाइनलका खेल हुँदै

पोखरामा जारी आठौँ संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज क्वाटरफाइनलका ४ खेलहरु हुने भएका छन् ।

पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदानमा बिहिबार पहिलो खेल आयोजक संगम क्लब र एल.जी. एशोसीयसनबीच हुने प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी आजै भ्याली स्पोर्ट्स क्लब र एपेक्स, नवआदर्श सामुदायिक विकास समाज र बिष्णुपादुका क्लब तथा सहारा क्लब र आदर्श युवा क्लबबीच खेल हुने भएको क्लबले जनाएको छ ।

बुधबार प्रिक्वाटरफाइनलका ३ खेल सम्पन्न भएको म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । बुधबार भएको पहिलो खेलमा बिष्णुपादुकाले अमरसिंह ब्वाईज क्लब (एबीसी) लाई ३-० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा यात्रा बनाएको थियो । यसैगरी सरोज गुरुङ र भगवत चौधरीको एक-एक गोलको मद्धतले सहारा क्लवले यूनाइटेड क्लब माथि २-० को जित दर्ता गर्यो ।

हिजै भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा विकास परियारको ह्याट्रिकको मद्धतले आदर्श युवा क्लबले डेभिड फल्स क्लब माथि ३-१ गोल अन्तरको जीत हासिल गर्दै अन्तिम आठमा स्थान बनायो । तल्लो स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको क्लबले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button