संगम कपको फाइनल आज, उपाधिका लागि एल.जी. र नवआदर्श भिड्ने

साविक उपविजेता एल.जी.एशोसियसन र नवआदर्श सामुदायिक विकास समाज पोखरामा जारी आठौँ संगम कप बिल स्मृति फुटनल प्रतियोगिता २०७९ को फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिताको उपाधि सहित १ लाख ७५ हजार पुरस्कारको लागि शनिबार दिउँसो १ः०० बजे पछि फाइनल खेल हुने भएको प्रतियोगिता संयोजक शिव गुरूङ (माया) ले बताए । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वरदान ताङवेको निर्णायक एक गोलको मद्वतले एल.जी.ले भ्याली स्पोर्ट्स क्लब माथि १–० ले कठिन जित हात पार्यो ।

खेलको ४७ औं मिनेटमा आशिष गुरूङको स्थानमा मैदान प्रवेश गरेका ताङवेले पेनाल्टी अवसरलाई सदुपयोग गरी खेलको दोश्रो हाफको ईन्जुरी समयमा गोल गरेका थिए ।
खेलमा ताङवे नै म्यान अफ द म्याच घोषित भए । खेलमा भ्याली स्पोर्ट्स खेलको ८ मिनेटबाटै १० खेलाडीमा सीमित हुनु परेको थियो । भ्यालीका प्रताप गुरूङले विपक्षी खेलाडीलाई गोल गर्ने अवस्थामा तानेका कारण रेफ्रीले रेडकार्ड दिएका थिए ।

शुक्रबार नै भएको दोश्रो खेलमा नवआदर्श सामुदायिक विकास समाजले पोखराको सहारा क्लब माथि जित निकाल्न सडेन डेथसम्म कुर्नुपर्यो । सडेन डेथमा सुमिन पुनको पेनाल्टी सुट पोस्टबाट बाहिरिँदा सहाराको फाइनलमा पुग्ने सपना अधुरै रह्यो । नव आदर्शका बबि भुजेलले भने सडेन डेथको पेनाल्टी सुटमा गोल गरेका गर्दै टोलीलाई उपाधि नजिक पुर्याए ।

८० मिनेटको निर्धारित समयमा दुवै तर्फ १-१ गोलले खेल बराबरी भएपछी खेल अतिरिक्त समयमा पुगेको थियो । २० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीले गोल रहित बराबरी खेलेपछि टाईब्रेकरमा पनि दुवै टोलीबाट ३-३ गोल भएको थियो । खेलमा नव आदर्शका गोलरक्षक आशिष केसी म्यान अफ दी म्याच घोषित भए ।

म्यान अफ दी म्याच घोषित खेलाडीहरुलाई ट्रफीको साथमा नगद एक हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक संगम क्लवका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button