लमजुङमा आगलागीमा परी ९१ वर्षीया वृद्धाको मृत्यु

लमजुङमा आगलागीमा परी ९१ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

लमजुङको दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीमा आफै बस्ने टहरामा आगलागी हुँदा ९१ वर्षीया हाङ्गी कामीको मृत्यु भएको हो । गए राति करिब ९ बजेतिर भएको घटनामा छाप्रो नजिकै रहेको गोठमा रहेका पशुचौपायासमेत घाइते भएको छन् ।

प्रहरीले चुलोको आगो सल्किएर आगलागी भएको हुनसक्ने जनाएको छ । उनी सुतेको खाटमुनि दाउरा राखिएको र आगो त्यसै दाउरामा सल्किँदा खाटमा सुतिरहेकी कामीको मृत्यु भएको देखिएको प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button