मर्स्याङ्दीमा हराएका घिमिरेको शव फेला

मर्स्याङदीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव मङ्गलबार फेला परेको छ ।

गत शुक्रबार दिउँसोदेखि बेपत्ता घिमिरेको स्कुटर नदी किनारमा फेला परेपछि उनी नदीमा हराएको आशंका गरिएको थियो । घिमिरे स्कुटरमा आँबुखैरेनी पावरहाउस डम्पिङ साइड झोलुङ्गे पुलसम्म गएका थिए ।

तनहुँको आबुखैरेनी गाउँपालिका–३ घर भएका घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले झोलुङ्गे पुल मुनि फेला पारेको हो । शव पोस्टमार्टमका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button