सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा आइतबार दिउँसो विश्वासको मत मागेका शाहले ४१ सांसदबाट बहुमतको विश्वास पाएका हुन् ।

उनलाई काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए । सुदूरपश्चिम प्रदेशसभामा काङ्ग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७ ए एकीकृत समाजवादीका ४ सांसद रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा २७ सांसदको मतले बहुमत पुर्याउँदछ ।

यस अघि नेकपा एमालेका एमाले संसदीय दल नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री भएका थिए तर उनले विश्वासको मत लिनेबेलासम्म केन्द्रमा एमाले-माओवादीलगायतको गठबन्धन टुटेपछि सरकार पनि एक महिनामै ढलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button