इन्जिन फेल भएपछि जापानी रकेट गरियो अन्तरीक्षमै नष्ट

जापानले प्रक्षेपण गरेको रकेटको इन्जिनले काम नगरेपछि उक्त रकेटलाई अन्तरीक्षमै नष्ट गरिएको छ ।

मङ्गलबार प्रक्षेपण गरिएको उक्त रकेटको दोस्रो चरणको इन्जिनले योजना अनुसार काम नगरेपछि अन्तरीक्षमै नष्ट गर्नुपरेको हो । तानेगासिमा अन्तरीक्ष बन्दरगाहबाट प्रक्षेपण गरिएको एच्-३ नामक ५७ मिटर अग्लो बिना कुनै समस्या प्रक्षेपित भएको थियो । तर अन्तरीक्षमा प्रवेश गरेपछि इन्जिनले काम नगर्दा वैज्ञानिकहरुले रकेटलाई अन्तरीक्षमा नष्ट गर्न बाध्य भएका हुन् ।

रकेटमा किन समस्या आयो भन्ने बारे अनुसन्धान शुरु भएको वैज्ञानिकहरुले जनाएका छन् । अघिल्लो महिना नै प्रक्षेपणको तयारी गरिएको रकेट विविध समस्याका कारण सारिएको थियो । “यसपटक भने पूर्णरुपमा यो प्रक्षेपण फेल भएको छ”, ओसाका विश्वविद्यालयका एक अन्तरीक्ष विज्ञले बताए । जापानले तीन दशकपछि पहिलो पटक निर्माण गरेको नयाँ प्रविधियुक्त रकेटले प्रकोप व्यवस्थापनका लागि जमिनको निगरानी राख्ने भूउपग्रह लिएर उडेको थियो ।

उक्त भूउपग्रहमा उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल पत्ता लगाउन इन्फ्रारेड सेन्सरसमेत जडान गरिएको बताइएको थियो । उक्त रकेटको निर्माण मित्सुबिसी हेभी बिल्डर्स कम्पनीले गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button