आज पोखरा विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान गर्दै बुद्ध एयर

बुद्ध एयरले आजबाट पोखरा विमानस्थलमा चार गन्तव्यबाट रात्रिकालीन उडान गर्ने भएको छ ।

नेपालगन्जबाट राति ७:३० बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राति ८:०८ मा अवतरित हुनेछ । यसैगरी ७:३५ बजे काठमाडौँबाट उडेको विमान पोखरा विमानस्थलमा राति ८ बजे अवतरण हुनेछ । झापाको भद्रपुरबाट ६:५५ मा उडेको विमान ८:०५ मा अवतरण हुनेछ भने भैरहवाबाट साँझ ७:२५ मा उडेको विमान ७:४५ बजे अवतरित हुनेछ । यी चार राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मै राति बास बस्ने बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरबाहेक अन्य हवाईसेवा कम्पनीहरुले भने पोखरामा रात्रिकालीन उडानको तालिका बनाएका छैनन् । तर सौर्य एयरको डिले भएको विमान फागुन १८ गते राति पोखरा विमानस्थलमा अवतरण गरिसकेको छ जुन पोखरा विमानस्थलमा पहिलो रात्रिकालीन उडान रहेको थियो । नियमित रात्रिकालीन उडान शुरु हुन लागेसँगै पर्यटनको नयाँ युग शुरु भएको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

रात्रिकालीन उडानबाट पोखरा आएका यात्रुहरुका लागि नगरबसहरुको व्यवस्था गरिएको छ । पोखरा विमानस्थलमा फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएसँगै रात्रिकालीन उडान सम्भव भएको हो । आन्तरिक उडानमा उल्लेख्य प्रगति भए पनि पोखरा विमानस्थल अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button