पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र व्यापार गर्न इच्छुकहरुका लागि अवसर

पोखरा, ०७ चैत । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र व्यापार गर्न इच्छुकहरुका लागि  बोलपत्र आव्हान भएको छ । नागरिक उड्डयन कार्यालयले एक सूचना प्रकाशित गर्दै विमानस्थल भित्रको २६.८५ वर्गमिटरको क्षेत्रफलमा चिया, कफि शप खोल्न इच्छुकहरुका लागि ठेक्कामा दिनको लागि बोल बढाबढमा बोलपत्र माग गरेको हो ।

कार्यालयले सूचनामार्फत विमानस्थलमा चिया कफि शप खोल्न इच्छुक संस्था/फर्म/कम्पनीलाई १५ दिनभित्र फारम पेश गर्न भनेको छ । जसको लागि नेपाल बैंक लिमिटेडको पृथ्वीचोक स्थित कार्यालयमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको चल्ती खातामा पछि फिर्ता नहुने गरि ३ हजार ३९० रुपैंया दाखिला गरेर भौचर पेश गर्नुपर्ने छ ।

पाँच वर्षको समय तोकेर कार्यालयले न्यूनतम् ४८ लाख ३३ हजार रुपैंया ठेक अंक कायम गरेको छ । कार्यालयले  इच्छुक संस्था/फर्म/कम्पनीसँग विभिन्न मापदण्ड तोकेर स्व घोषणासहितका रित पूर्वकको कागजात पेश गर्न भनेको छ ।

हेर्नुहोस् सूचना :

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button