असार २ देखि विद्यालय बन्द गर्ने कर्मचारीको चेतावनी

आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना माग पूरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

कर्मचारीहरुले न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । आज सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिसँग आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।

काठमाडौं केन्द्रीत दोस्रो चरणको आन्दोलन गरिरहेका कर्मचारीले आफ्ना माग पूरा गर्न असार १ गतेसम्मको समय दिएका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत कर्मचारीले हिजो र्याली तथा थाल ठटाई विरोध प्रदर्शन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button