माइतीघरमा युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौंको माइतीघरमा एक युवकले आफैलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेको जनाइएको छ ।

नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा प्रदर्शन गर्दै आएकोमा उनी त्यसै प्रदर्शनको सहभागी हुन् । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकता प्राप्तिका लागि आन्दोलनरत छन् । पेट्रोल खन्याएर आगो लगाउने प्रयास गर्दै गर्दा प्रहरीले उनलाई रोकेको थियो ।

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरी जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button