वानएक्सबेटसँग आबद्ध भएको आरोपमा कलाकारद्वय “बल्छी धुर्वे” र “राजुमास्टर” सहित आठ पक्राउ

सट्टेबाजी कम्पनी वानएक्सबेटसँग आबद्ध भएको आरोपमा कलाकारद्वय “बल्छी धुर्वे” र “राजुमास्टर” लगायत आठजना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनिने राजु पौडेललगायत ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अन्यमा ‘म्याकुरी’ पवन खतिवडा, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् ।उनीहरुलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रहरीले हिजो वानएक्सबेटमार्फत ७४ करोड भन्दा बढीको कारोबार गरेका ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button