पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने पक्का, बुधबार सिचुआन एयरले उडान गर्ने

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने करिब पक्का भएको छ । आउँदो बुधबार सिचुआन एयरले चार्टर्ड उडान गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिचुआन एयरलाई उडान अनुमति दिएसँगै विमानस्थल सञ्चालनमा आएको साढे पाँच महिना पछि पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको हो । चीनको छेन्दु शहरबाट पोखरा आउन लागेको विमानमा चीनमा प्रख्यात ड्र्यागन बोट रेस फेस्टिबलका सहभागीहरु आउने जनाएको छ । उक्त डुङ्गा दौड फेस्टिबल यसपटक पोखराको फेवातालमा पनि आयोजना गर्न लागिएको हो ।

दुई दिनसम्म चल्ने महोत्सवमा भाग लिन करिब डेढ सय चिनियाँ पर्यटक नेपाल आउने जनाइएको छ । उक्त चार्टर्ड उडान पछि छेन्दु-पोखरा नियमित उडानका बारेमा पनि छलफल हुने जनाइएको छ । हाल पोखरा विमानस्थलमा दैनिक २०-३० आन्तरिक उडान हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button