विश्वकप छनोटमा अमेरिकासँग खेल्दै नेपाल, सुपरसिक्समा पुग्न जित्नैपर्ने चुनौती

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दैछ । छनोटको दोस्रो चरण सुपरसिक्समा पुग्न आज नेपाललाई जित्नैपर्ने चुनौती रहेको छ ।

१० टोली सहभागी प्रतियोगितामा टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित जिम्बाबे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड रहेका छन् । शीर्ष तीनमा रहने टोली मात्रै सुपरसिक्सका लागि छनोट हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा अयोजक जिम्बावेसँग आठ विकेटको फराकिलो हार बेहोरिसकेको छ । जिम्बावेसँग राम्रो ब्याटिङ गरेपनि बलिङ चल्न नसक्दा नेपाली टोलीले हार ब्यहोरेको थियो ।

यता अमेरिकाले पनि पहिलो खेलमा वेस्टइन्डिजसँग  हार ब्यहोरेको थियो । दुवै टोली सुपरसिक्सको आफ्नो आशा जीवित राख्न आजको खेलमा उत्रनेछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२:४५ बजे जिम्बावेको टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ ।

नेपालले यस पछि वेस्टइन्डिजसँग असार ७ र नेदरल्यान्डसँग असार ९ मा खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button